उपनिर्वाचनको परिणामले पाठ सिकायो : विश्वप्रकाश शर्मा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले रुपान्तरित हुन सन्देश दिएको बताएका छन्।

देशको समय बदल्न नेतृत्व गरेको दलले बदलियएको समय अनुरुप आफूलाई बदल्नुपर्ने उल्लेख गर्दै महामन्त्री शर्माले उप चुनावको परिणामले आफूहरुलाई रुपान्तरित हुन सन्देश दिएको बताएका हुन्।

सामाजिक सञ्जालमा एक सन्देश लेख्दै महामन्त्री शर्माले आफूहरु नवीन अभियानमा, नयाँ ढंगले जुट्ने पनि दाबी गरेका छन्।

शर्माले लेखेका छन्–
उपचुनावमा विजयी मित्रहरूलाई बधाई तथा शुभकामना। परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ। देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ। नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं हामी। आदरणीय मतदाताको प्रत्येक मतलाई सम्मान छ।