तनहुँमा स्वर्णिम वाग्लेका बाबुको गाडी तोडफोड

काठमाडौं। आगामी १० बैशाखमा हुन लागेको उपनिर्वाचका लागी तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुवा जीवनराम वाग्ले चढ्ने गाडी तोडफोड भएको छ।

तनहुँको व्यास नगरपालिका–३ दमौली स्थित सन्तोष होटल अगाडि राखिएको बा११ च ४२५० नम्बरको मारूती गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए।

गाडी तोडफोड भएबारे शुक्रबार बिहान ६ बजे मात्रै प्रहरीले सूचना पाएलगत्तै प्रहरीको टोली घटनास्थल पुगेको थियो।गएराती करिब १ बजे अज्ञात समूहले गाडी तोडफोड गर्दा साइडसाइडका सिसाहरु फुटेका छन् ।

घटनास्थल वरपरका सिसिटिभी फुटेज संकलन गरि संलग्न पहिचान गरि कारबाहीको दायरामा ल्याउने गरि अनुसन्धान अगाडी बडाईएको प्रहरीले बताएको छ ।

स्वर्णिमका बाबु जीवनराम गएराती सोही होटलमा बास बसिसकेका कारण सुरक्षीत रहेका छन्। होटलमा पार्किङ नभएका कारण गाडि सडकमै राखिएकोमा अज्ञात समुहले तोडफोड गरेको प्रहरीको भनाई छ ।