जनप्रगतिशिल मञ्चको राष्ट्रिय सम्मेलन हुँदै, केसिको संयोजकत्वमा ३२ सदस्यीय समिति गठन

अमेरिका। जनप्रगतिशिल मञ्चको राष्ट्रिय सम्मेलन गर्नका लागी आयोजक समिति गठन भएको छ। प्रवास समन्वय समिति अमेरिकाज क्षेत्रको आयोजनामा आगामी ५ महिनाभित्र भौतिक उपस्थितिमै सम्मेलन गर्ने गरि समिति गठन गरिएको हो।

नवगठित समितिमा सम्मेलन संयोजक तिलक केसि र सहसंयोजक मधुसागर पौडेल रहने गरि ३३ सदस्यीय आयोजक कमिटी गठन भएको छ,भने ४ सदस्यीय सल्लाहकार परिषद पनि गठन भएको छ। सम्मेलनमा प्रमुख आतिथ्यता प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा तथा सचिव टि.वि पाठकको विषेश आतिथ्यता रहने छ ।

नव गठित समितिमा संयोजक केसि र सहसंयोजक पौडेलसहित अन्य सदस्यहरुमा काशि पौडेल मथबार सिंह राउत, मनोज भट्टराई, बाबुराम सापकोटा, राजु सुवेदि, इश्वरि दवाडी, विजया ज्ञवाली, टंकराज रेग्मी(महेश), होताराम विक,बलराम पोखरेल, विनोद कुँईकेल,विश्व राइ, मोहन कुसारी, जगन निरौला, प्रदिप चौलागाँई, निर्मल पाण्डे,गोर्ख कुसारी, सम्झना खनाल, पियुस घिमिरे, राजु गुरु, नवराज ढकाल, लक्ष्मी सुवेदी, इवन राई, विश्णु कार्की, युवराज केसि, विमल पछाई, इन्द्र कान्त चौधरी, मन्जु ढुंगाना, नारायण खड्का र शिवलाल पुरी रहेका छन्। यस्तै एडभाइजरमा प्रकाश अधिकारी, नारायण कँडेल, भरत ढकाल र मणिराज चौलागाँई रहेका छन्।