काठमाडौं। स्वास्थ्य समस्या फेरि बल्झिएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई मंगलबार फेरि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।उहाँलाई थप उपचारका लागि बुधबार भारत लैजाने तयारी भईरहेको छ ।
भारतको नयाँ दिल्लीस्थित अल इण्डिय इन्स्टीच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा लैजानेबारे मंगलबार नै परामर्श गरिएको थियो। पेटको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लैजान चिकित्सक र परिवारबीच परामर्श भएपनि बुधबार दिल्ली लैजान लागिएको हो।
राष्ट्रपति पौडेलको उपचारमा संलग्न एक चिकित्सकका अनुसार लामो समय औषधि सेवन गर्दा पनि पेटको संक्रमण कम नभएपछि परिवारले समेत भारत लैजान आग्रह गरेका छन्।
सोमबारमात्रै उहाँ फलोअपका लागि अस्पताल पुगेर घर फर्किनुभएको थियो। मंगलबार फेरि समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पतालमा भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
एक साताअघि पनि सोही समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पतालमा उपचार गरिएको थियो। उनको डा.निरज बमको नेतृत्वमा स्वास्थ्य उपचार भइरहेको छ।