काठमाडौँ। गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई सुप्रबल जनसेवा श्री पदक प्रदान गरिएको छ । नयाँ वर्ष बैशाख १ गते शितल निवासमा आयोजित एक समारोहमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले संघका अध्यक्ष कुल आचार्यलाई उक्त पदक प्रदान गरेका थिए।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार आचार्य लगायत बेलायतमा बसोबास गर्ने व्यक्तित्वहरुलाई विभिन्न पदकहरु प्रदान गरिएको थियो।गत मार्च २०२२ मा एनआरएनए आइसीसीको अध्यक्षमा निर्वाचित भएका आचार्य हाल नेपालको संविधान २०७२ मा उल्लेख गरिएको गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गराउने मिशनमा खटीरहेका छन्।
उनले आगामी दिनमा गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन तथा संसारभरि रहेका नेपालीहरुको सीप, पूँजी तथा अनुभव नेपाल र नेपालीको हितमा उपयोग गर्न आफु अरु बढी सक्रिय भएर लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे।




