काठमाडौं। पोखरामा एकजना व्यक्तिले घरभित्रै पेट्रोल छर्केर आत्मदाह गरेका छन् ।स्याङजाको अर्जुनचौपारी गाउँपालिका १ घर भइ पोखरा महानगरपालिका १७ निसावी नन्दप्रसाद अर्यालले मंगलबार दिउँसो पेट्रोल छर्किएर आत्मदाह गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार तीनतले घरको दोस्रो तलास्थित आफ्नै कोठामा उनले आत्मदाह गरेका हुन् ।पेट्रोल छर्किएर आगो लगाएपछि अर्यालले त्यहीँ ज्यान गुमाएको प्रहरीले जनाएको छ ।
अचानक अर्यालको घरभित्र आगो देखिएपछि छिमेकीले प्रहरीलाई जानकारी दिएका थिए । उनकी श्रीमती र सात वर्षकी एक छोरी छन्।