युएई। नेपालको राष्ट्रिय खेल भलिबल,“खेल्न सके राष्ट्रको लागि नसके स्वास्थ्यको लागि” भन्ने मुख्य नाराका साथ गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद युएईको आयोजनामा युएई मै पहिलो पटक ठूलो धनराशी पुरस्कारको नेपाली खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा प्रदेसी हातेमालो भलिवल टीम उपाधि हात पारेको छ। फाइनलमा तनहुँ सेवा समाज युएई र प्रदेसी हातेमालो भलिवल टीम बिचमा भएको वेस्ट अफ ५ खेलमा प्रदेसी टीमले ३ सेट जितेर उपाधि हात पारेको हो भने फाईनलमा उपविजेता तनहु सेवा समाज युएई द्वितिय र तेस्रो स्याङ्जा सेवा समाज युएई भएका छन्।
युएईको अल्कोजको बलेदिया भलिबल क्याम्पको भलिवल ग्राउण्डमा भएको प्रतियोगितामा प्रथम हुने टिमलाई युएई दिराम नगद ७,७७७, द्वीतीय ४,४४४ र तृतीय २,२२२ नगद, कप, प्रमाणपत्र र मेडल प्रदान गरिएको गैरआवासीय नेपाली संघ युएईका खेलकुद संयोजक भीम मल्ल ठकुरीले बताए।
युएईमा क्रियाशील बिभिन्न संघ संस्था एवं क्लवको खेलाडीहरु लगायत खेल प्रेमी दर्शक महानुभावहरुको बाक्लो उपस्थित रहेको यस खुल्ला भलिबल प्रतियोगितामा आयोजक टिम गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिती युएई सहित १२ टिमको सहभागिता रहेको थियो।
यस खेलमा प्रमुख अतिथीको रुपमा गैरआवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद एनआरएनएका युवा उपाध्यक्ष राज रेग्मी (राजु), विशिष्ठ अतिथिहरुमा एनआरएनए उपाध्यक्ष नरेन्द्र बहादुर भाट, सचिव प्रवीण गुरुङ, मध्यपुर्ब संयोजक मनोज कुमार श्रेष्ठ (गोर्खाली), नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द,एनआरएनए युएईका प्रमुख संरक्षक रमेश श्रेष्ठको उपस्थिति रहेको थियो ।