रास्वपाका हेविवेट तीन उम्मेदवार : आज गर्दैछन् पत्रकार सम्मेलन

काठमाडौं।आगामी बैशाख १० गते हुने उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तीन जना उम्मेदवारले पत्रकार सम्मेलनको आयोजना गरेका छन्। रास्वपाका सभापति रवि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागेको जानकारी गराएका हुन् ।

उनले रास्वपाका चितवन–२ का उमेदवार रवि लामिछाने, तनहुँ–१ का उमेदवार स्वर्णीम वाग्ले र बारा–२ का उमेदवार रमेश खरेलले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्न लागेका हुन्।

पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा शनिबार आज अपराह्न ४ बजे हुनेछ।