उपचुनाव: चितवन र बारामा मतदाता थपिँदा तनहुँमा घटे

काठमाडौं– निर्वाचन आयोगले बैशाख १० मा हुन गइरहेका ३ वटा निर्वाचन क्षेत्रका अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगले चितवन २, बारा २ र तनहुँ १ का मतदाताको नामावली बिहीबार सार्वजनिक गरेको हो।

निर्वाचन आयोगले अद्यावधिक गरेको पछिल्लो नामावली अनुसार मंसिर ४ मा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तुलनामा बारा २ र चितवन २ मा मतदाता संख्या थप भएको छ भने तनहुँ १ मा भने तनहुँ १ मा भने घटेका छन्।

‘चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख २४ हजार २१५ बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ०५ हजार ०११ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा १ लाख २३ हजार ४९० मतदाता रहेकोमा मिति २०८० वैशाख १० गते आइतबारका दिन हुने उपनिर्वाचनका लागि चितवन जिल्ला निर्वाचन क्षेत्र नंबर २ मा ४७० थप भइ १ लाख २४ हजार ६९५, बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा २३७ थप भइ १ लाख ५ हजार २४८ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नंबर १ मा १८५ घटी भइ १ लाख २३ हजार ३०५ मतदाता कायम भएका छन्,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।