काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी बैशाख १० मा हुन लागेको उपचुनावका लागी उमेद्वार को करिब टुँगो लगाएको छ । पार्टि सभापति रवी लामिछाने चितवन २ बाटै पुनह उमेदवार बन्ने लगभग पकपक्की जस्तो रहिसकेको अबस्थामा तनहुँ १ र बारा क्षेत्र नम्बर २ मा पनि उमेदवारहरुको करिब करिब टुँगो लगाईसकेको बताएको छ । जसअनुसार बारा २ मा रमेश खेरललाई उम्मेदवार बनाउने निर्णय भएको छ भने तनहुँ १ मा डा. स्वर्णिम वाग्ले उमेदवार बन्ने निश्चीत जस्तै छ।
<blockquoteचितवन २ मा पार्टी अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा डा. स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेको नाम सूचीमा उल्लेख छ ।
बिहीबार राती अबेर रास्वापले सार्वजनिक गरेको उम्मेदवारहरुको प्रारम्भिक सूचीअनुसार पूर्व डिआइजी समेत रहेका खरेल र युवराज न्यौपाने बारा २ का लागि आकांक्षी देखिएका छन् । सो क्षेत्रमा खरेल र न्यौपाने दुवै जनाले उम्मेदवार बन्ने आकांक्षा देखाएपनि न्यौपानेलाई व्याक गराएर खेरललाई उठाउने तयारी रास्वपाले गरेको श्रोतले बताएको छ ।
सो पार्टीमा उम्मेदवारीका लागि दावी पेश गर्नेहरूबीच आन्तरिक रूपमा प्राइमरी इलेक्सनबाट उम्मेदवार छनोट गर्ने प्रावधान छ । प्राइमरी इलेक्सनमा सम्वन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यले भोट हाल्न सक्छन् । बारा– २, चितवन २ र तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।