अष्ट्रेलिया। अष्ट्रेलियामा ‘युवा कप २०२३’ सुरु भएको छ। अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुले स्थापना गरेको ‘युवा’ नामक सस्थाले ‘युवा कप २०२३’ गर्न थालेको हो।
सन् २०२१ मा नाफारहित उद्देश्यका साथ ‘युवा’ सँस्था स्थापना भएको हो।
अष्ट्रेलियामा रहेका नेपाली समुदाय र प्रवासि समुदायबिच मैत्रीपुर्ण सम्बन्धका साथै शैक्षिक गतिबिधी, विदेशमा रहेका नेपालिविच सामाजिक सदभाव कायम गर्दै खेलकुद जगेर्ना र समन्वायत्मक सँस्कृतिको विकास गर्ने उदेश्य
का साथ कार्यक्रम आयोजना गर्न लागिएको उपाध्यक्ष कुलचन्द्र अधिकारीले बताएका छन् ।
सस्थामार्फत आफुहरुले नेपालबाट अष्ट्रेलिया जाने नयाँ नेपालीहरुलाई उल्लेखनिय रुपमा सहयोगि भुमिका निर्वाह गरिरहेको पनि अधिकारीले बताएका छन्। सोहिअनुरुप यतिबेला आयोजना गरिएको कार्यक्रमले पनि महत्वपुर्ण भुमिका निर्वाह गर्ने उनको विश्वाश छ।
जसअनुसार कार्यक्रम १२ मार्चमा जेम्स मिलर ओभलमा बिहान ७ बजे सुरु हुने गरि तय गरिएको थियो । साथै आयोजकले कार्यक्रममा सहभागिता जनाउन अष्ट्रलियामा निवासि नेपालीहरुमा निमन्त्रण समेत गरेको छ ।
उक्त प्रतियोगिताको मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसले गरेको छ भने सह प्रायोजक डिरसन ड्राईभिङ स्कुल, पार्कल्यान्ड मजदा, गिल्स कलेज, एसके एम फर्निचर लगायत दर्जनौ संस्थाले गरेका छन । सो प्रतियोगिता १ महिना जारी रहनेछ ।