सिन्धुली समाज अमेरिका गठन

न्यूर्योक । सिन्धुली घर भई अमेरिकामा बसोवास गर्नेहरुलाई एकत्रीत गर्ने उदेलेश्य ‘सिन्धुली सोसाईटी अफ अमेरिका’ Sindhuli Society of America गठन भएको छ ।

सिन्धुली घर भई लामो समयदेखि न्यूयोर्कमा बसोवास गर्दै आउनुभएकी श्री बन्दना कोइरालाको अध्यक्षतामा गठन भएको सो संस्थाको उपाध्यक्षमा छेवाङ लामा, चेतप्रसाद पौडेले (सीपी पौडेल) र जगदीशचन्द्र ढकाल हुनुहुन्छ । त्यस्तै, महासचिवमा अर्जुन काफ्ले, सचिवमा निलबहादुर भुजेल, ज्ञान सुनुवार, कोषाध्यक्षमा रुपेश बराल र सहकोषाध्यक्षमा प्रकाश आचार्य चयन हनुभएको छ । संस्थाले श्री प्रकाश आचार्यलाई र सन्जोग आचार्यलाई संचार संयोजनको जिम्मेबारी पनि दिएको छ ।

संस्थाको सदस्यहरुमा सन्जोग आचार्य, बिजयाशर्मा कोइराला, दण्डबहादुर कार्की, दिनेश खतिवडा, लेखराज भण्डारी, ओमराजन मगर र यसोधा नेपाल चयन हुनुभएको छ ।

संस्थाले अमेरिकामा बसोवास गर्ने सिन्धुलीबासीको संख्याको पहिचान र समस्याको सुनुवाई गर्ने उदेश्यले sindhulisamajusa.orgनामको वेभसाईटको पनि संचालनमा ल्याएको छ । एक कार्यक्रमबीच संस्थाका अध्यक्ष बन्दना कोइरालाले सो वेभसाईटको औपचारिक सुरुवात भएको जानकारी दिनुभयो ।

संस्थाका महाचिव अर्जुन काफ्लेले वेभसाईडको महत्वको बारेमा प्रकाश पार्नुभयो । सो अबसरमा संस्थाका उपाध्यक्ष एन.आर.एन अमेरिकाको अध्यक्ष चेतप्रसाद पौडेलले संस्थाले अमेरिकाका हरेक राज्यमा बसोवास गर्ने सिन्धुलीवासीलाई समेट्ने गरी प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।
पौडेलले सिन्धुलीबाट अध्ययनका लागि अमेरिका आएका विद्यार्थीको वृत्तिविकास देखि समान्य समास्यको समाधानमा संस्था सकृय भएर लाग्ने जानकारी दिनुभयो ।

सिन्धुलीबाट अध्ययनका लागि अमेरिका आएका विद्यार्थीलाई सहयोग चाहिएमा संस्थालाई आग्रह गर्न सक्ने पनि जनाईएको छ । संस्थाको उपाध्यक्ष कोलोराडोराज्यमा बसोवास गर्ने जगदिश ढकालले संस्थाको उदेश्य शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा योगदान पुर्याउने रहेको बताउनुभयो ।
संस्थाको सल्लाकारमा कुलदीप राना मागर, विष्णु कार्की, जनक पाठक, मोहन थापा र युवराज पौडेल हुनुहुन्छ । संस्था औपचारिक रुपमा अमेरिकाको न्यूयोर्क राज्यमा दर्ता भएको छ