न्युयोर्क।रङ्गको उत्सव होली (फागु)मधेशी एशोसीयन इन अमेरिका होली मिलन समारोह सम्पन्न गरेको छ । होली पर्व अथवा फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो ।
विशेष गरी शिशिर ऋतुको समाप्ति र वसन्त ऋतुको हरियालीको खुशियालीको आगमनमा दुःख पीडा सबै बिर्सिएर, रिसराग सबै भुलेर एक आपसमा खुसियाली बाँड्दै विभिन्न किसिमको रङ्ग एक(आपसमा दलिने परम्परा भएकोले यसलाई मित्रताको पर्व पनि भनिन्छ ।
विशेषगरी मिथिलाञ्चलमा मनाइने विशेष किसिमको होली पर्व मधेशी एशोसीयन इन अमेरिका न्यू यॉर्क मा धुमधामका साथ शुभकामना आदान प्रदान गरि मनाइएको छ । कोरोना पार्क स्थित प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा उल्लेख्यरुपमा महिला, बच्चा, अग्रज सहित करिब घण्ण् जनाको सहभागिता रहेको थियो ।
न्यू यॉर्क बसेर विभिन्न पेशामा आवद्ध सम्पुर्ण व्यक्तित्वलाई फागुको अवसर पारेर एक ठाँउमा भेला गरि समाजलाई जोडने र सहकार्य गर्ने मुल मर्मका साथ यो कार्यक्रम गरिएको समाजका अध्यक्ष शतेन्द्र साह ले बताए ।
फागु विशेष समारोहमा डॉ॰ बिनोद साह लगाएत संघ सस्था को प्रतिनिधि हरु माँ सेंट्रल कमिटी महासचिब सुभाष साह प्रबक्ता मनोज सिंह को उपास्थित थियो उत् कार्यकर्म न्यू यॉर्क चेपटर अध्यक्ष नारायण साह अध्यक्षता मा सम्पन्न भयो ॥