एनआरएनएको १५ औ युरोपियन भेला आगामी मे ५ देखि चेक रिपब्लिकमा

काठमाडौँ। प्रगतिका लागि साझेदारी(पार्टनरसिप फर प्रोग्रेस) भन्ने नाराका साथ गैर आबासीय नेपाली संघ एनआरएनएको युरोप क्षेत्रीय समितिले आगामी मे ५ देखि ७ तारीकका दिन मध्य युरोपियन मुलुक चेक गणतन्त्रको राजधानी प्रागमा १५औ युरोपियन क्षेत्रिय सम्मेलनको आयोजना गर्ने बताएको छ ।

शनिबार आयोजित कार्यक्रममा संघका अध्यक्ष द्वय कुल आचार्य,बद्री केसी र युरोप संयोजक चिन्तामणि सापकोटा,सन्तोष भट्टराईले युरोपियन बैठक, युरोपियन महिला सम्मेलन, युबा सम्मेलनको औपचारिक घोषणा गरेका हुन। युरोप क्षेत्रीय समितिले भेला आयोजनाका निमित्त आन्तरिक तयारी भैरहेको र भेलामा युरोप क्षेत्र र अन्य देशबाट करिव ४०० गैर आवासिय नेपाली अभियन्ताहरू, अतिथि तथा पर्यवेक्षकहरूको सहभागिता रहने बताएको छ। बैठक प्रागको होटेल इन्टरन्यासनलमा आयोजना गरिने र त्यसका लागि एनसीसी चेक रिपब्लिकले अन्य तयारी गरी रहेको पनि जानकारी गराइएको छ।

भेला आयोजनाका निमित्त क्षेत्रीय संयोजक द्वय चिन्तामणी सापकोटा र सन्तोष भट्टराईको अध्यक्षतामा मुल आयोजक समिती बनाइ युरोप क्षेत्रका पधाधिकारीहरु ,उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने अन्तराष्ट्रिय समन्वय परिषद सदस्यहरु, सम्बन्धित रास्ट्रिय समन्वय परिषदका अध्यक्ष र महासचिबहरुलाई पदेन सदस्य तथा युरोप क्षेत्रका अन्तराष्ट्रिय समितिका पदाधिकारीहरुलाई पदेन सल्लाहकारको रूपमा चयन गरिएको छ। समितिको सदस्य सचिबमा आयोजक चेक रिपब्लिकका अध्यक्ष यदुराम पन्थीलाई जिम्मेवारी दिईएको छ। उक्त क्षेत्रीय भेलाको ब्यबस्थापनको समन्वय गर्न गठन गरिएको युरोप क्षेत्रका पदाधिकारीहरू,चेक गणतन्त्रका अध्यक्ष र आइसिसी सदस्य रहेको स्टेरिङ्ग कमिटीको सदस्य सचिबमा चेक गणतन्त्रबाट प्रतिनिधित्व गर्ने आईसिसी सदस्य चिरन्जिबी खड्कालाई जिम्मेवारी दीईएको छ।

कार्यक्रममा बोल्ने अधिकांश एनआरएनएका पदाधिकारीहरुले गैर आबासीय नेपाली संघ पछिल्लो अवधिमा निकै कठिन र चुनौतिपूर्ण अवस्थामा रहेको, संस्थागत शाख गिर्दो अवस्थामा पुगेको र प्रबासमा रहेका नेपालीहरुको बृहत्तर एकताको आबश्यकता रहेको बताएका छन। एनआरएनएले अहिलेसम्म आर्जन गरेको विश्वाषको बाताबरणलाई अझ बिस्वासिलो बनाउनु पर्ने, अहिलेको असहज र चुनौतीपुर्ण परिस्थितीमा संगठन भित्रका स९साना मतभेदहरूको सिघ्र ब्यबस्थापन गरिनु पर्ने र नेपाल सरकार एबं नेपालका शुभचिन्तक संघ संस्थाहरु सँगको साझेदारी र सहकार्यलाई दरिलो बनाउनु पर्ने सुझाब दिएका थिए।

एकता साझेदारी र सहकार्यलाई आगामी लक्ष्य बनाउन युरोपियन बैठकको मुल नारा पार्टनरसिप फर प्रोग्रेस राखिएको र सबैको सह९अस्तित्व र सहमतिको आधारमा संगठनका आगामी कार्यक्रमहरु तय गरिने प्रतिबद्धता एनआरएनएले प्रतिबद्दता जनाएको छ। युरोपियन बैठकमा सवै गैर आवासिय नेपालीहरू विचको एकता, नेपाली सामानहरूको प्रवर्धन, नेपालमा संभावित संयुक्त लगानी,एनसिसीहरूको प्रभावकारि भुमिका महिलाहरुका समस्याहरू, युवा सिर्जनशिलता युवा इन्टरप्रेनरसिप तथा ज्ञान सिप र पूँजीको मातृभूमिमा स्थानान्तरणका बिषयमा बिशेष छलफल कार्यक्रमको एजेन्डा रहेको पनि आयोजक समितिले जनाएको छ।

सम्मेलन सभ्य र भब्य बनाउन आफुहरुले तयारी शुरु गरिसकेको युरोप संयोजक सापकोटाले बताए। सम्मेलनबाट नतिजा ल्याउन युरोप क्षेत्रका सबै एनसिसिहरु र अभियन्ताहरुको सहयोग आवश्यकता रहेको जनाउदै उक्त भेला उत्कृस्ट बन्ने बताए। कार्यक्रममा युरोप संयोजक भट्टराईले भेला नतिजामुखी हुने जनाउदै उपास्थितीको लागी सम्पुर्ण अभियन्तालाई आग्रह गरे।