अमेरिका। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नयाँ राष्ट्रपति चयनपछि गैरआवासीय नेपालीहरुको नागरिकता विवाद टुंगीने बताएका छन् । गैरआवासीय नेपाली संघ अमेरिका र क्यानडाले संयुक्त रुपमा आयोजना गरेको ‘नागरिकता निरन्तरता र सम्पत्ति अधिकार’ विषयको वहसको तेस्रो श्रृंखलाका प्रमुख वक्ता रहेका गुरुङ्गले यस्तो बताएका हुन् ।
नेकपा माओवादी सम्मिलित तत्कालिन सरकारले गैरआवासीय नेपालीहरु सहितको नागरिकता विधेयक सदनबाट पारित गरेपनि राष्ट्रपतिबाट सदर नभएको स्मरण गर्दै उनले बर्तमान सरकार गैरआवासीय नेपालीहरुप्रति सकारात्मक रहेको बताए ।
तत्कालिन सरकारले गैरआवासीय नेपालीहरु सहितको नागरिकता विधेयक सदनबाट पारित गरेपनि राष्ट्रपतिबाट सदर नभएकोले समस्या भयो बर्तमान सरकार गैरआवासीय नेपालीहरुप्रति सकारात्मक छ ।
उनले आगामी फागुन २५ मा नयाँ राष्ट्रपति नया ८ दलिय गठबन्धनले उठाएको उमेदवार नै निर्वाचित हुने र त्यसपछि यो समस्या समाधान हुने प्रतिबद्धता पनि व्यक्त गरे ।