काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी शुक्रबारका लागी तय कतारको राजधानी दोहाको भ्रमण रद्द गर्नु भएको छ ।अल्पविकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन प्रधानमन्त्री फागुन १९ गते शुक्रबार कतार जाने कार्यक्रम थियो । तर राष्ट्रपतिको निर्वाचन लगायतका राजनीतिक परिस्थितिको कारण भ्रमण रद्द भएको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दोहा जाने तयारीमा रहनुभएको थियो। यस्तै प्रधानमन्त्री प्रचण्डले आजै परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण पनि रोक्नुभएको थियो । मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार (आज) साँझ जेनेभा जानुअघि प्रधानमन्त्री प्रचण्डले भ्रमण रोक्नुभएको हो।




