अभिनेता पल शाहले पाए सफाई, भोली हुनेछन् जेलमुक्त

काठमाडौं ।
अभिनेता पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन् । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतले आज अभियोग दावी नपुग्ने ठहर गर्दै सफाई दिने फैसला गरेको हो । आज सफाई पाएसँगै पल शाह एक वर्षपछि भोलि जेलमुक्त हुने छन् ।

उच्च अदालत पोखराले आइतबार (आज) पुनरावेदन सुनुवाई गर्दै अभियोग दावी नपुग्ने ठहर गरेको हो । यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो ।

बलात्कारको अभियोग दर्ता भएपनि नवलपुर जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको थियो । तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो। एउटै व्यक्तिले शाहविरुद्ध दुईवटा जिल्लामा बलात्कारको उजुरी दिएकी थिइन् ।

प्रहरीमा बलात्कारको उजुरी दिएकी जाहेरवालाले अदालतमा भने उजुरी झुटो भएको बकपत्र गरेकी थिइन् ।