प्रधानमन्त्री ‘प्रचण्ड’ आगामी शुक्रबार कतार जाँदै

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी शुक्रबार कतार जानुहुने भएको छ । अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ कतार जान लाग्नु भएको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्ड शुक्रबार कतारको दोहामा हुने सम्मलेनमा सहभागी हुनुहुनेछ । राष्ट्रपति निर्वाचनलाई लिएर जाने, नजानेबारे अलमलमा रहेका प्रधानमन्त्री प्रचण्ड सम्मेलनमा सहभागी भएर नेपालको कुरा राख्नुपर्ने भन्दै त्यहाँ जाने निचोडमा पुग्नुभएको हो ।

उक्त सम्मेलनमा पराराष्ट्रमन्त्री विमला राई पौड्यालसमेत सहभागी हुनुहुनेछ ।