अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा आज तीन खेल हुँदैछन् । भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदा अर्को खेलमा पाकिस्तानले नेदरल्यान्ड्ससँग र जिम्बाब्वेले बंगलादेशसँग खेल्दैछन् ।
अस्ट्रेलियाको पर्थ स्टेडियममा भारत र दक्षिण अफ्रिकाबीचको खेल नेपाली समयअनुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ । भारत लगातार तेस्रो जितको खोजीमा हुनेछ । यसअघि भारतले पाकिस्तानलाई चार विकेटले पराजित गरेको थियो ।
त्यस्तै, दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५६ रनले हराएको थियो । यता, दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमै वर्षाको कारण जिम्बाब्वेसँग १–१ अंक बाँड्न बाध्य भएको थियो । त्यसपछि आफ्नो दोस्रो खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १०२ रनले पराजित गरेको थियो ।
पाकिस्तान र नेदरल्यान्ड्सबीचको खेल पर्थ स्टेडियममै दिउँसो १२ः४५ बजे सुरु हुँदैछ । जारी विश्वकपमा लगातार दुई खेलमा हारेको पाकिस्तान नेदरल्यान्ड्सलाई पराजित गर्ने पर्ने दबाबमा छ । पहिलो खेलमा भारतसँग चार विकेटको हार ब्यहोरेको पाकिस्तानले दोस्रो खेलमा जिम्बाब्वेसँग एक रनको हार ब्यहोरेको थियो । बंगलोदश र जिम्बाब्वेबीचको खेल भने नेपाली समयअनुसार आज (आइतबार) बिहान ८ः४५ मिनेटबाट सुरु हुनेछ