संस्थालाइ अमेरिकाभर विस्तार गरिने
अमेरिकामा रहेका नेपालीहरुको सबैभन्दा पुरानो संस्था असोसिएसन अफ नेपलिज इन मिडवेस्ट अमेरिका (अन्मा) को अध्यक्षमा तिलक केसी चयन भएका छन् ।
गत शनिवार सम्पन्न अन्माको अधिवेशनले संस्थाको उपाध्यक्ष रहिसकेका तिलक केसीलाइ आगामी २ बर्षको लागी अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । “समाजसेवा र व्यवसायमा सक्रिय तिलक केसीको नेतृत्वले संस्थालाइ नयाँ उचाइ दिने ठहर हामीले गरेका छौं,” निर्वातमान अध्यक्ष दिवाकर दहालले भने । संस्थाको उपाध्यक्षमा विस्कन्सनका व्यवसायी बिष्णु अधिकारि र शिकागोका युवाउद्यमी विशाल धिमिरे चयन भएका छन् भने महासचिव मनिषा अर्याल र कोषाध्यक्षमा ओम दाहाल छन् । पुर्व अध्यक्षहरु बला धिमिरे, राजेन्द्र राठि र गौरि अधिकारि सम्मिलित सिफारिस तथा निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
सन् १९८२ मा स्थापना भएको अन्मालाइ नेपाली अमेरिकन डायस्पोराको सबैभन्दा पुरानो संस्था मानिन्छ । नेपाली अमेरिकन बिच भाइचाराको बिकास गर्र्दै मौलिक कला संकृतिको प्रवर्धन गर्न मुख्य उदेश्य बोकेको अन्माले मातृभूमीको बिकास र समृद्धिमा समेत उल्लेखनिय योगदान गर्दै आएको छ । अधिवेशनले, मध्य तथा पुर्वी राज्यहरुमा सक्रिय अन्मालाइ अमेरिकाव्यापी बनाउने योजना सहित विधान परिमार्जन गर्ने जिम्मा नयाँ कार्यसमितिलाइ दिएको छ । यसको लागी विभिन्न राज्यमा रहेका स्थानिय संधसंस्थासंग सहकार्य गर्ने र कार्यसमिति विस्तार गर्ने योजना रहेको केसीले बताए । “अब मिडवेस्टमात्र हैन अमेरिकाभर हुनेछौं,” उनले भने ।
को हुन् केसी ?
नेपालको प्युठानमा सन् १९६७ मा जन्मिएका तिलक केसी सन् २००२ मा पि एचडी अध्यायनको लागी अमेरिका आएका हुन् । विस्कन्सनको कन्कोडिया विश्वविद्यालयमा पि.एचडी अध्यायनरत रहदा नै व्यवसायमा होमिएका केसी विस्कन्सनको मिलवाकी क्षेत्रमा ग्यास स्टेशन र रियल स्टेट व्यवसायमा सक्रिय छन् । केसी नेपालमा रहदा राजनीति र मानव अधिकारको क्षेत्रमा सक्रिय थिए । त्रिभुवन विश्वविद्यालयमा स्ववियु सचिव समेत भएका केसीले सन् १९९५ देखि २००२ सम्म पृथ्विनारायण क्याम्पस पोखरामा प्राध्यापन गरेका थिए । सन् २०१२ मा मिलवाकी नेपाली परिवार स्थापना गरेका केसी २०१९ देखी २०२१ सम्म एनआरएनए एनसीसी अमेरिकाको बोर्ड अफ डाइरेक्टर थिए । हाल तिलक केसी फाउन्डेसन मार्फत नेपालमा बालबालिकाको शिक्षामा सहयोग गरिरहेका केसी नेपाली जनप्रगतिशिल मंच अमेरिकाको अध्यक्ष हुन् । अमेरिकाबासी सम्पुर्ण नेपालीसंग सहकार्य गरि अधि बढ्ने योजना बनाएका केसीले अन्मालाइ आगामी २ बर्षमा नयाँ उचाइमा लैजाने अठोट बोकेका छन् ।
अन्माको बारेमा थप जान्न यहाँ क्लिक गर्नुहोस् ः
तिलक केसीको बारेमा थप जान्न यहाँ क्लिक गर्नुहोेस् ः
को हुन् तिलक केसी ? भिडियोः
Community अन्माको अध्यक्षमा तिलक केसी