रेशम चौधरी र लक्ष्मण थारुको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भएको छ।
चौधरी र थारूको उम्मेदवारी खारेज हुन सक्ने सम्भावनालाई हेरेर पार्टीले अगाडि नै स्वतन्त्र उम्मेदवारी दिएको थियो।
सोहीअनुसार स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण थारुले जानकारी दिए।
रेशम बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवार थिए। उनको उम्मेदवारी खारेज भएपछि यहाँ नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवारी दिएका रेशमका बुवालाई नै समर्थन गरेको छ।
पार्टीले मनोनयन दर्ताका क्रममा रेशमलाई पार्टीबाट र उनका बुवा लालवीरलाई स्वतन्त्रबाट उम्मेदवार खडा गरेको थियो।
निर्वाचन अधिकृत कार्यालयले रेशमको उम्मेदवारी खारेज गरिदिएको थियो।
यस्तै कैलाली क्षेत्र नम्वर ५ मा कृष्ण थारुको उम्मेदवारी खारेज भएपछि सो ठाउँमा स्वतन्त्रबाट पार्टीले जगदीश चौधरीलाई उम्मेदवार बनाएको छ।
नागरिक उन्मुक्ति पार्टीले तयार पारेका स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह नल्का पाएका छन्।