नयाँबानेश्वरमा फेरी चल्यो बालेनको डोजर

३१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो ।

महानगरपालिकाले यो महिनाभर नै अनधिकृत संरचना हटाउने अभियान चलाउँदै आएको छ । यसअघि भूमिगत पार्किङ र फुटपाथ व्यापार हटाउने अभियान बानेश्वरबाटै सुरू भएको थियो ।