गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाले भर्जिनिया राज्यको फेयर फ्याक्स स्थित 10520 Warwick Ave, Ste B6, Fairfax, VA 22030 मा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको भवन खरिद गर्न लागेको छ । संस्थाको भवन खरिदमा सम्पूर्ण गैर आवासीय नेपालीहरूलाई सहभागी गराउने उद्देश्का साथ एनसीसीले आर्थिक समिति गठन गरेको छ।
आर्थिक समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष कृष्ण जीवी पन्त रहेका छन् भने सह-संयोजकहरुमा उपाध्यक्ष सुमन थापा,उपाध्यक्ष गोपेन्द्र राज भट्टराई उपाध्यक्ष डिलुराज पराजुली,उपाध्यक्ष विकास उप्रेती ,महिला उपाध्यक्ष दीक्षा बस्नेत तथा कोषाध्यक्षस् राजीव श्रेष्ठ रहेका छन् ।
यसै गरि समितिको सदस्यहरुमा क्रमस सचिव अनुप खनाल ,महिला सचिवस् सुनिता कँडेल,सह-कोषाध्यक्षस् अग्नि ढकाल ,प्रवक्तास् तोया दाहाल ,महिला संयोजकस् सुन्दरी गुरुङ तथा युवा संयोजक त्रिभुवन पाण्डे रहेका छन् ।
“एनआरएनएको आफ्नै भवन हुनु भनेको समस्त अमेरिकाबासी नेपालीको गर्वको कुरा हो, म सबैसंग सहयोगको अपिल गर्न चाहन्छु” संयोजक पन्तले भने ।
भवन खरिद प्रक्रिया सुरु भैसकेको र यसलाई अक्टोबर ४, २०२२ भित्रमा सम्पन्न गरिसक्नु पर्ने हुनाले यदि कसैलाई आर्थिक सहयोग गर्ने इच्छा भएमा सहयोग रकम तल उल्लेख गरिएको बैकमा जम्मा गर्न सकिनेछ।
Bank Name:- Wells Fargo
Routing Number:- 5623718383
Account Number:- 031100869
रकम जम्मा गर्नको लागि थप जानकारीको आवश्यकता परेमा कोषाध्यक्ष राजीव श्रेष्ठलाई 619-750-6404 मा वा आर्थिक संयोजक कृष्ण जीवी पन्तलाई 443-433-2073 मा सम्पर्क गर्न सकिने छ भने भवन खरिदको विषयमा थप जानकारी चाहिएमा अध्यक्ष बुद्धि सागर सुबेदीलाई 920-809-1210 मा सम्पर्क गर्न सकिने एनआरएनए अमेरिकाले जनाएको छ ।