सुर्य लम्सालको अध्यक्षतामा गैरआवासीय नेपाली संघ अमेरिका तदर्थ समिति  गठन 

 

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका अथवा गैरआवासीय नेपाली संघ अमेरिका समेत भन्नेगरी गैरआवासीय नेपाली संघको चालु बिधानको धारा २२स्९ को १ देखि ८ सम्मको प्राबधान अनुसार यो तदर्थ समिति गठन गरिएको हो।

अगष्ट १९, २०२२ मा भएको पहिलो बैठक र अगष्ट २६, २०२२ मा भएको क्षेत्रका सल्लाहकारहरु एसी शेर्पा, पासाङ्ग लामा, उपाध्यक्ष बिआर लामा, सचिव कृष्ण के सी, आरसी कृष्ण पोख्रेल, आइसीसी सदस्यहरु डा नविन खनाल, छोङ्गकर्मा शेर्पा, शशि अधिकारी, पवन योञ्जन, रामबाबु पाण्डे र भक्त भण्डारी समेतको उपस्थितमा सुर्य लम्सालको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको छ।

मार्च २२(२५, २०२२ सम्म काठमाण्डौको होटल याक एण्ड यतिमा सम्पन्न गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद ९एनआरएनए आइसीसी० को १० औं महाधिवेशनबाट निर्वाचित बिनोद कुँवरको अध्यक्षतामा निर्वाचित नेतृत्वले सहकार्यमा काम गर्न आउने देशमा सोहि गैरआवासीय नेपाली संघ र नआउने देशमा तदर्थ समिति गठन गर्दै जाने निर्णय गरेको थियो। त्यसै अनुरुप सबै देशका एनआरएनएहरुलाइ मे १५, २०२२ सम्म जवाफ दिन भनेर ३ हप्ताको अग्रिम इमेल पठाइएको थियो।

सोहि निर्णय अनुरुप हाल सम्म अध्यावधिक रुपमा रहेका बेलायत, पोर्चुगल, निदर्ल्याण्ड अगाडी आउनु भएको छ। क्यानाडा, साउदी अरब, ओमान, कातार तदर्थ समितिको रुपमा गठन भएका छन्। क्रोयसीय समेत हाल सम्म ९ देशमा एनआरएनए रहेका छन्। १० औं देशमा गैरआवासीय नेपाली संघ अमेरिका अगष्ट २६, २०२२ शुक्रबार साँझ भएको जुम बैठकले गठन गरिएको छ।

यस भन्दा पहिला अमेरिकामा धेरै पटक सम्म तदर्थ समिति गठन गर्ने प्रयास भएका थिए। यसका लागि थुप्रै व्यक्तिहरुसँग कुराकानी र सम्पर्क समेत गरिएको थियो। यस बिषयमा गैरआवासीय नेपाली संघका निवर्तमान उपाध्यक्ष सोनाम लामा, सल्लाहकारहरु एसी शेर्पा र पासाङ्ग लामाको योगदान उल्लेखनीय रहन गएको थियो ।

अगष्ट १५, २०२२ मा सुर्य लम्साल, कृष्ण पोख्रेल र कृष्ण के सीकाबीच लामो छलफलपछि सुर्य लम्साल अध्यक्षका लागि नेतृत्व लिन तयार हुनु भएको हो। सो बिषयमा उपाध्यक्ष बिआर लामाले पनि लम्सालसँग पहल गर्नुभएको थियो। सोहि अनुसार, म आफू क्षेत्रीय संयोजक कृष्ण पोख्रेलले गरेको आधिकारिक इमेल, अन्तराष्ट्रिय परिषदका अध्यक्ष बिनोद कुँवर, उपाध्यक्ष बिआर लामा, महासचिव जानकी गुरुङ र सचिव कृष्ण के सी समेतलाइ जानकारी सहित पठाएकोमा लम्सालले आफू अध्यक्षका लागि तयार रहेको कुरा सोहि इमेलमा मार्फत सबैलाई जवाफ दिनुभएको थियो।

बाँकी रहेका पदमा हाल सम्म हामी सबैले गरेका सम्पर्क र उहाँहरुले दिनुभएको कन्फरमेशन अनुसार देहायका व्यक्तिहरु देहायका जिम्मेवारीमा रहनु भएको छ। बाँकी पदमा तदर्थ समितिको बैठकले निर्णय थप गर्दै जान सकिनेगरी निर्णय गरिएको पनि जानकारी गराउनु भएको छ ।