राष्ट्रपति भण्डारीले राजीनामा दिने कुरा हल्ला मात्रै

The President, Shri Ram Nath Kovind meeting the President of Nepal, Ms. Bidya Devi Bhandari, in Tokyo, Japan on October 22, 2019.

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वसैनिक अधिकारीहरूलाई बुधबार अपरान्ह शितल निवासमा बोलाएकी थिइन्। त्यहाँ बहालवाला प्रधान सेनापति र पूर्वप्रधान सेनापतिहरूलगायत पुगेका थिए।

राष्ट्रपतिले प्रमाणीकरणका लागि पुगेको नागरिकता संशोधन विधेयक पुनस् संसदमै फिर्ता गरे पनि हुबहु प्रतिनिधि सभाबाट फेरि पारित भइसकेको छ भने राष्ट्रिय सभामा पेश हुने तयारीमा छ।पूर्वसैनिक अधिकारीहरूले पनि नागरिकता संशोधन विधेयकबारे आ-आफूलाई लागेका कुरा राष्ट्रपतिलाई सुनाएका थिए।

पूर्वउपरथी सुरेश कार्कीले ुनागरिकतामा तपाईंले लिएका कदम ठिक छन् तर यसैलाई लिएर राजीनामा दिनेसम्मका कुरा आएका छन् नि१ु भन्ने प्रसंग उठाएका थिए।

कतिपय पूर्वसुरक्षा अधिकारीहरूले संसदले नागरिकता विधेयक पुनस् हुबहु रूपमा पठाएमा प्रमाणीकरण नगर्न सुझाव दिएका थिए।

जवाफमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभाले नागरिकता विधेयक हुबहु पारित नगरेको भए हुन्थ्यो भन्दै अब राष्ट्रिय सभामा छलफल बाँकी नै रहेको बताएकी थिइन्। उनले नागरिकता विधेयकबारे संविधानअनुसार निर्णय हुने पनि बताएकी थिइन्।

साथै राष्ट्रपति भण्डारीले भने राजीनामा दिने कुरा हल्ला मात्रै भएको बताइन्।