गैरआवासीय नेपाली संघ एनआरएनए को युरोप क्षेत्रीय सम्मेलन स्वीडेनमा

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको युरोप क्षेत्रीय सम्मेलन स्वीडेनमा हुने भएको छ । संघका युरोप संयोजक चिन्तामणि सापकोटाले सम्मेलन आगामी २४ र २५ सेप्टेम्बरमा स्वीडेनको राजधानी स्टकहोल्ममा हुन लागेको हो । सममेलन सभय र भव्य बनाउन आवश्यक तयारी अघि बढाइएको सापकोटाले बताए ।

सोहीबेला संघको युरोप क्षेत्रीय महिला तथा युवा भेला समेत हुनेछ। सम्मेलनमा युरोप क्षेत्रमा रहेका संघका राष्ट्रिय समन्वय परिषद ९एनसीसी०मा प्रतिनिधिले भाग लिनेछन् । यस्तै, अन्य मुलुकहबाट पनि अतिथि प्रतिनिधि सहभागी हुनेछन् ।

संघका युरोप क्षेत्रीय युवा संयोजक रमेश काफ्लेका अनुसार सम्मेलनलाई सफल बनाउन आयोजक समिति बनाइएको छ ।