काठमाडौं, साउन २९ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव गौरी राज जोशीले आईतबार टिभी सन्डेको नेपालस्थित कार्यालय अवलोकन गर्नुभएको छ ।
संघका महासचिव जोशीलाई टिभी सन्डेको नेपाल ब्युरो प्रमुख शुकदेव चापागाईंले स्वागत गर्नुभयो । अमेरिकामा लामो समयदेखि व्यवसाय गर्दै आउनुभएका जोशी नेपाल भ्रमणका क्रममा टिभी सन्डेको नेपाल स्थित कार्यालय अवलोकन गर्न आउनुभएको हो । जोशी २५ वर्षदेखि अमेरिकामा बस्दै आउनुभएको छ । उहाँको अमेरिकामा रियल स्टेट, होटल, ग्याँस स्टेशन र सूचना प्रविधिको व्यवसाय रहेको छ ।
जोशी सन् २०१९ देखि २०२१ सम्म संघको अन्तर्राष्ट्रिय परिषद्को सचिव हुनुहुन्थ्यो त्यस्तै उहाँ सन् २०१७ देखि २०१९ सम्म अमेरिकाको क्षत्रीय संयोजकको रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँ नेपाली समाज टेक्सासको समेत अध्यक्ष भईसक्नु भएको छ । जोशीले नै गैरआवासीय नेपाली संघमा सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित बनाउन व्यवस्थापन सूचना प्रणाली (एमआईएस) को परिकल्पना गर्नुभएको हो ।