अमेरिकाको , न्युयोर्कमा बसोबास गर्दै आएका ट्राभल ब्युरो अफ नेपालका सिईओ तथा व्यवसायी प्रदिप श्रेष्ठ फेरि पर्यटन दुत नियुक्त भएका छन् ।
नेपाल सरकार, पर्यटन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन बोर्डले व्यवसायी श्रेष्ठलाई आगामी २ बर्षको लागि न्युयोर्कको लागि पर्यटन दुत नियुक्त गरेको हो । श्रेष्ठ यस अघि पनि २०१६ देखि २०१८ सम्म न्युयोर्कका लागि पर्यटन दुत भएका थिए ।
नेपालमा हुँदा देखि नै पर्यटन व्यवसायमा संलग्न श्रेष्ठ हाल होटल उडल्याण्ड काठमाण्डौ दरबारमार्गको संचालक समेत हुन्। श्रेष्ठले न्युयोर्कमा नेपालको पर्यटन प्रबर्धन गर्न पर्यटन संग सम्बन्धित संस्थाहरु American Society of Travel Advisors ( ASTA NYC) , Pacific Asia Travel Association ( PATA NYC ) , SKAL International NYC संग सहकार्य गर्दै विभिन्न कार्यक्रम हरु गर्ने गरेको र निरन्तर गर्ने जानकारी दिएका छन् ।
नेपाल प्रबर्धन अभियान अमेरिका भरि नै गर्ने योजनामा रहेका श्रेष्ठले २०२३ को अन्तिम तिर अमेरिकाबाट ठुलो पर्यटक ग्रुप नेपाल भ्रमण मा लैजाने तयारी गर्दै गरेको पनि जानकारी दिएका छन्। २०१८ मा नै पर्यटन दुत को कार्यकाल सकिए पनि श्रेष्ठ नेपालको पर्यटन प्रबर्धनमा निरन्तर लागि रहेका थिए ।२०१९ को सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस को अवसरमा न्युयोर्कका नेपाली समुदायको सहयोगमा टाईम स्क्वायरमा भव्य सांस्कृतिक कार्यक्रम गर्न सफल भएका थिए । श्रेष्ठले विदेशमा रहेका सम्पुर्ण नेपालीहरुलाई नेपाल चिनाउने र नेपालको पर्यटन प्रबर्धन गर्ने अभियानमा सधै साथ र सहयोग गर्न सबैलाई आव्हान गरेका छन् ।