किशन रेग्मीको नेतृत्वमा रिपोटर्स क्लब नेपालको शाखा अमेरिकामा गठन

alt

टेक्सास । रिपोटर्स क्लब नेपाल अमेरिका शाखाको कार्यसमिती गठन भएको छ । पत्रकार किशन रेग्मीको नेतृत्वमा ९ सदस्य रहने गरि रिपोटर्स क्लव अमेरिकाको पहिलो कार्यसमिती गठन भएको हो ।

गठित कार्यसमितीमा रेग्मी सहित पत्रकार ओम आचार्य, प्रशन्न ढुंगाना, रोषन अधिकारी,सरु शर्मा, शंकर थापा, महालक्ष्मी सिलवाल, टेक लामा र उत्तम धमला रहेका छन् ।

यूएस खबर मिडीया नेटवर्क कर्पोरेशनसंग सहकार्य गर्दै देश बाहिरको पहिलो शाखा बिस्तार गरेको रिपोटर्स क्लबले अमेरिकाको टेक्ससमा रहेको यूएस खबर टाईम्स तथा यूएस खबर नेटवर्कको कार्यलयलाई रिपोटर्स क्लबको शाखा कार्यालय तथा साक्षात्कार कक्ष संचालन गर्न र समाचार सम्प्रेषणको जिम्मेवारी दिएको रिपोटर्स क्लबले साउन १ गतेबाट हालको यूएस खबर पब्लिक क्लबलाई रिपोटर्स क्लवको मान्यता प्रदान गरेको हो ।अमेरिकामा हुने सम्पूर्ण नेपाली समुदाय लगायतका गतिबिधि तथा छलफल कार्यक्रमको क्लबले समाचार, सम्वन्वय तथा सम्पादन गर्ने जनाईएको छ । क्लवका अध्यक्ष ऋषि धमलाले अमेरिका शाखा बिस्तारले अमेरिकामा रहेका नेपाली र नेपाली भाषी समुदायको समाचार र बिचार समेट्न सफल हुने बिश्वास ब्यक्त गरेका छन् ।
यो संगै रिपोटर्स क्लब सम्वद्ध कार्यक्रमका लागि यूएस खबरका प्रधान सम्पादक किसन रेग्मीको संयोजकत्वमा क्लबका गतिबिधि संचालन तथा समाचार सम्पादन गर्न प्रकृया स्विकृत प्रदान गरिएको हो ।

अमेरिकाको नेपाली समुदाय र नेपाल बिच सेतुको भूमिका निर्वाहको उदेश्यमा रहेको यूएस खबरले रिपोटर्स क्लबको शाखा विस्तारको औपचारिक उद्घाटन अध्यक्ष ऋषि धमला सहित केन्द्रिय प्रतिनिधिको उपस्थितीमा गर्ने तयारी भईरहेको जानकारी दिईएको छ ।