अमेरिका । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्नेमा जोड दिएका छन ।
अमेरिकाको नर्थ क्यारोलाइनामा भै रहेको एनआरएनए ज्ञान सम्मेलन तथा ११ औ साधारण सभाको उदघाटन कार्यक्रममा मन्तब्य राख्दै उनले यो कुरा बताएका हुन् ।
उनले मन्तब्यकै क्रममा नेपाल बाहिर र गैरआवासीय नेपालीहरुले चाहना गरेको गैर आवासीय नेपाली नागरिकता दिने तथा मताधिकारको बारेमा नेपाली कांग्रेसले प्रष्ट धारणा राखेको बताए ।
उनले हामीले गैर आवासीय नेपाली नागरिकता हामी दलले दिने र नदिने भन्दा पनि नेपालको संबिधानले दिई सकेको बताए ।
उनले नेपालको समग्र समुन्नतिको लागि नेपाललाई गासेर कसरी जाने भन्ने बिषयमा हामीले बोली सकेका र नेपाल बाहिर रहेको नेपाली समुदायलाई जोड्नु पर्ने बताए ।
नेपाल बाहिर रहेको भावनाको नेपाललाई कसरी नेपालसंग जोड्ने बिषयमा साझा राष्ट्रिय बिषय बन्नु पर्ने बताए । उनले पछिल्ला दुई देश द्वन्दमा फसेको ,त्यसले आर्थिक उन्नतिमा असर पारेको र नेपालको ब्यापार घाटा साथै बिद्युत बेचेर नेपालले केही आर्थिक लाभ समेत गरेको बारेमा चर्चा गरे ।
उनले ज्ञान सम्मेलन मार्फत नेपालको सम्वृद्धि र समग्र नेपालको उन्नति र बिकाशमा काम गरोस भनि आह्वान गरे । शर्माले आफूलाई नेपालबाट बोलाई केही कुराहरु राख्न दिएकोमा आयोजकलाई शुभकामना सहित धन्यबाद दिए ।