काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसीसी यूएईको अध्यक्ष ठाकुर प्रसाद ढुंगाना भएका छन ।
युएईमा रहेका संघ सँस्थाहरुको सर्वपक्षिय सहमतिमा ढुंगानालाई अध्यक्षमा चयन गरिएको एनआरएनए आइसिसिका अध्यक्ष बद्री केसिले बताए ।
केसिले सहमतिमा युएईमा नया नेतृत्व चुनिएको जनाउदै छिट्टै एउटा कार्यक्रम गरेर निर्णय सार्वजनिक गरिने बताए ।
एनआरएनए एनसिसि युएईमा लामो समयदेखि देखा परेको विवाद अन्तत टुंगिएको छ । धेरै प्रयास र पहलपछि सर्व सहमतिका आधारमा नयाँ कार्यसमिति निर्माण भएको हो ।
केही दिनअघि मध्यपूर्व क्षेत्रीय संयोजक मनोजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेलाले ढुंगानाको नेतृत्वमा ५७ सदस्यीय नया कार्य समिति निर्विरोध चयन गरेको हो । अध्यक्ष ढुंगाना दुई कार्यकाल आईसिसि सदस्य रहिसकेका एनआरएनए अभियन्ता हुन ।
एनआरएनए एनसिसि युएईको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पासाङ रेन्जि शेर्पा,उपाध्यक्षहरुमा निरन्जन सिलवाल, विकास शाही, नर बहादुर सेन(नरेश सेन), जीवन दास, सुजन सापकोटा, शोभा शर्मा, मोहम्मद नुमान सिद्दिकी, रमेश ढकाल, केशव नेपाल, कृष्णप्रसाद पौडेल र कृष्ण ठाकुर चयन भएका छन भने मदन अधिकारी युवा उपाध्यक्ष र सोनम श्रेष्ठ महिला उपाध्यक्षमा नियुक्त भएका छन ।
यस्तै दीपक खड्कालाई महासचिवको जिम्मेवारी दिइएको छ भने सचिवमा ताराबहादुर बोहोरा(एमडि), पुस्कर शर्मा सापकोटा,सुमन पराजुली, बिरेन्द्र नकर्मी, मुना सामसुन्ग ,राजेन्द्र रोस्यारा, निरञ्जन खत्री,फणीन्द्र ढकाल र कुमार लम्साल रहेका छन ।
यसैगरि बिष्णुलाल श्रेष्ठ कोषाध्यक्ष बनेका छन भने रमेश गौतम र प्रकास थापा सह–कोषाध्यक्ष भएका छन । यस्तै युवा संयोजकमा भिम मल्ल ठकुरी र महिला संयोजकमा रोमा अधिकारी चयन भएका छन भने युवा सह–संयोजकमा शम्भु पोखरेल र अपिल भट्टराई चुनिएका छन ।