‘आगामी ४ महिना भित्र गैर आवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याईने’

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले आगामी ४ महिना भित्र गैर आवासीय नेपालीहरुलाई पुँजीबजारमा भित्र्याईसक्ने बताएका छन्।
बोर्डको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले ४ महिना भित्र नै विदेशीमा रहेका नेपाली श्रमिकलाई आईपिओमा आरक्षण दिने ब्यबस्था कार्यन्वयनमा ल्याईने बताएका छन् । यी दुवै ब्यबस्था आगामी आर्थिक वर्षको वार्षिक बजेटमा समावेश भएका थिए ।

अध्यक्ष रमेश कुमार हमालले आगामी ४ महिना भित्र नेप्सेमा एसएमई प्लेटफर्मको ब्यबस्था गरिसक्ने बताएका छन् ।
उनले साना तथा मझौला उद्यमहरूको धितोपत्र कारोबारका लागि एसएमईज प्ल्याटफर्म (SMEs Platform) का लागि आवश्यक व्यवस्था मिलाई व्यावसायिक कृषिजन्य उद्यमलाई पंजी बजारमा आबद्ध गर्ने बताएका हुन् ।
कार्यक्रममा अध्यक्ष हमालले शेयर धितो कर्जाको ४र१२ को नीतिको पुनरावलोकन गरिन् बजारलाई निकास दिने बताएका छन् । उनले ४र१२ को नीति बारे ब्यापक गुनासो आएकोले उक्त नीतिको पुनरावलोकन गरि उचित निकास दिएर लगानीकर्ताको मनोबल बढाउने बताएका हुन् ।

उनले विश्वका अन्य देशमा भईरहको द्वन्द, अन्तराष्ट्रिय बजारमा देखिएको कच्चा तेलको मूल्य वृद्धि, नेपाल भित्र तरलताको समस्या, बढ्दो ब्याजदर, शेयर धितो कर्जाको नीति लगायतका कारणले नेपे सूचकमा गिरावट आएको बताए ।