काठमाडौं । एसआई यु के नेपालले जुन ११ अर्थात जेष्ठ २८ गते होटल एभरेष्टमा दि लार्जेष्ट युके एजुकेशन फेयर २०२२ को आयोजना गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै एस आइ युके नेपालले सो कुराको जानकारी गराएको हो ।
अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वबिद्यालयका प्रतिनिधि माझ प्रत्यक्ष जानकारी गराउने उद्देश्यले एस आइ यु के नेपालले आफ्नो स्थापना काल देखि नै यस किसिमको शैक्षिक मेलाको आयोजना गर्दै आएको संस्थाका निर्देशक विनय अधिकारीले जानकारी गराउनुभयो ।
फेयर मार्फत विद्यार्थी र अभिभावकले ३० भन्दा बढी युकेका विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, कोर्सेस्, छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी पाउने एसआइ युके नेपालका कन्ट्री मेनेजर अस्गर हुँसेनले बताउनुभयो ।
फेयरमा उपस्थित हुने विद्यार्थी जसले फेयरमै विदेश अध्ययनको प्रक्रिया शुरु गर्दछ उनीहरुलाई निशुल्क आई. इ. एल. टि. एस., निशुल्क प्रोसेसिङ र गिफ्ट हाम्पर प्रदान गरिने संस्थाका सिनियर कन्सल्टेन्ट सुवास अधिकारीले जानकारी गराउनुभयो ।
बैदेशिक अध्ययनमा जान चाहने सम्पूर्ण बिद्यार्थी तथा उनका अभिभावकलाई मेलामा भाग लिई विश्वविद्यालयको हरेक पक्षका बारेमा प्रतिनिधि हरुसंग जानकारी लिई मौकाको फाइदा उठाउन एसआइ युके नेपालकी बान्च्र म्यानेजर सुस्मित शिवाकोटीले पत्रकार सम्मेलन मार्फत बताउनुभयो ।
हाम्रो आएल्स पिटीई निकै नै उत्कृष्ठ छ, हामीले हाइटेक इन्भारोमेन्टमा पटक पटक मुग टेक्स्ट गराई विद्यार्थीको प्रतिस्पर्धी बढाउँदछौ, एसआइ युके नेपालकी आएल्यस पिटीई, इन्स्ट्रक्टर रुबा इमानले भन्नुभयो ।
फेयर निकै नै प्रभावकारी हुने र प्लस टु सकेका विद्यार्थीहरुलाई लक्षित गर्दै हामीले मार्केटिगं स्ट्जीटी अपनाएका छौ, यसै पत्रकार सम्मेलनमार्फत म सम्पुर्ण विद्यार्थी र अभिभावकलाई होटल एभेरेष्टमा हुन गइरहेको द लार्जेस्ट युके एजुकेसन फेयरमा आउनको लागि आह्वान गर्दछु, मार्केटिगं म्यानेजर संगीता ओलीले भन्नुभयो ।
फेयरमा ३ हजार ७५ जनाले एसआई युकेको वेभसाइट मार्फत दर्ता गरिसकेको बताउँदै हजारौं विद्यार्थीले सहभागिता जनाउने अपेक्षा गरिएको छ । डेढ दशक बेलायतमा बिताउनु भएका विनय अधिकारीले शैक्षिक मेला मार्फत विद्यार्थी र अभिभावकहरुलाई बेलायती शैक्षिक प्रणाली, अवसर र नेपाली समुदायको विकासका बारेमा समेत जानकारी गराउनुहुनेछ । अधिकारी विश्वभरि रहेका गोरखा जिल्लाको तर्फबाट ग्लोबल गोरखा समाजको अध्यक्ष तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय उपमहासचिव समेत हुनुहुन्छ ।