भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल निर्वाचित भएकी छिन् ।
निर्वाचित भएसँगै दाहालले भरतपुरलाई नमूना र स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने बताएकी छिन् । उनले पहिलो पाँच वर्षमा गरेका कामको जनताले अनुमोदन गरेको बताइन् । पहिलो कार्यकालका अधुरा कामलाई पूर्णता दिने कुरा पहिलो प्राथमिकतामा पर्ने उनकोे भनाई छ ।
अनुभवका आधारमा स्थानीय तह प्रमुखको रूपमा अन्तिम कार्यकाललाई थप सक्रियता र जिम्मेवारीका साथ पूरा गर्ने उनले प्रतिबद्धता जनाइन् ।
राष्ट्रिय गौरवका आयोजना जस्तै तटबन्ध, क्रिकेट रंगशाला, सार्वजनिक सम्मेलन हल, ढल र फोहोर व्यवस्थापनलाई प्राथमिकता दिने उनले बताएकी छिन् ।