काठमाडौँ महानगरपालिकाको उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले आफुले पाउनुपर्ने भोट रुखमा खसेको भन्दै ति भोट आफ्नो नाममा कामय गर्न मुख्य निर्वाचन अधिकृतसमक्ष निवेदन दिएका छन् ।
श्रेष्ठले उम्मेदवार नभएको रुखमा खसेको मतसमेत आफ्नोमा कामय गरिदिन आइतबार मुख्य निर्वाचन अधिकृतसमक्ष निवेदन दिएका हुन्। उनले उपमेयरमा अहिलेसम्म करिब ३८ हजार मत बदर भएको बताएका छन् ।
निर्वाचन आयोगका अनुसार उपमेयरमा एमालेकी सुनिता डंगोलले ४४ हजार ७०५ मत ल्याएकी छन् भने श्रेष्ठले १५ हजार २८२ मत ल्याएका छन् । उनी डंगोलभन्दा २९ हजार ४२३ मत अन्तरले पछाडी रहेका छन् ।