काठमाडौँ महानगर: बालेनले कटाए ३९ हजार मत, सिर्जना सिंह दोस्रो स्थानमा

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेट अनुसार बालेन शाहले ३९ हजार ६ मत ल्याएर अग्रता बनाइरहेका छन् ।

त्यस्तै, गठबन्धनबाट उम्मेदवार बनेकी काँग्रेसकी सिर्जना सिंहले एमाले उम्मेदवार केशव स्थापितलाई उछिनेकी छन् । दोस्रो स्थानमा रहेकी सिर्जना सिंहले २२ हजार ७२ मत ल्याएकी छन् । अहिले बालेन सिंहभन्दा १६ हजार ९३४ मतले अगाडी रहेका छन् ।

त्यस्तै तेस्रो स्थानमा पुगेका केशव स्थापितले २१ हजार ५७१ मत पाएका छन् ।

अहिलेसम्म काठमाडौँ महानगरको वडा नम्बर १, २, ३, ५, ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिएको छ भने वडा नम्बर ९, १०, ११, १२, २३, २४, २५, २६ को मतगणना भैरहेको छ ।