स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ धरान उपमहानगरपालिकाको मेयरमा विजयी

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् ।

गठबन्धनसँग साङपाङले ४ हजार ७६२ मत अन्तरले विजयी भएका हुन् । उनले २० हजार ८२१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका किशोर राईले १६ हजार ५९ मत पाएका छन् । त्यस्तै एमालेकी मञ्जु भण्डारीको भने १२ हजार ८२५ मत प्राप्त गरिन् ।

यस्तै धरान उपमहानगरपालिकाको उपमेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा निर्वाचित भएका छन् । उनले २० हजार ५१० मत प्राप्त गरे । यस्तै नेकपा एमालेका पदमप्रसाद लिम्बुले १७ हजार ६०६ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार दत्तकुमार लिम्बुले ४१ सय २९ मत पाएका छन् ।