‘नामि कलेज एसइई प्रिन्सेस २०२२’ को छनौट चरण सम्पन्न भएको छ ।
सिजन मिडियाद्धारा आयोजना गरिएको यस प्रतियोगिताको उद्देश्य एसइई दिएर बसेका युवतीहरूको प्रतिभा निखार्ने रहेको छ । प्रतियोगिताको १० औं संस्करणको लागि २५ जना सहभागीहरु छनौट गरिएको छ । उक्त प्रतियोगितालाई नामि कलेजले व्राण्ड स्पोनसर गरेको छ भने ह्वाइट हाउस इन्टरनेशन कलेजले मुख्य प्रायोजन गरेको छ ।
एसइई परीक्षा दिएर बसेका छात्राहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर गराउने , प्रतियोगीको प्रतिभा निखार्ने , उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने, नेतृत्वदायी क्षमताको विकास गर्ने, उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउन उद्देश्यले आयोजित हुँदै आएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताईन् ।
छनौट चरणमा निर्णायक मण्डलमा अन्तराष्ट्रिय कोरीयोग्राफर रोजिन शाक्य,पत्रकार दिपेन्द्र अधिकारी, मोडल तथा नायक कौसिस श्रेत्री र मोडल तथा जुम्वा प्रशिक्षक सोनाम के.सी रहेका थिए । यस प्रतियोगितामा हालको वर्षमा एसइई परीक्षा दिएर बसेका देशभरका छात्राहरूले मात्र सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगिताको अडिसनबाट छानिएका छात्राहरुलाई आइतबारबाट दैनिक ३ घण्टाको तालिम प्रदान गरिने छ । प्रतियोगितामा सहभागीहरुलाई पौडी, शारीरिक फिटनेश, फोटो सेसन व्यक्तित्व विकास सम्वन्धी विभिन्न प्रशिक्षण पनि दिइनेछ साथै फूटसल, फोटोसुट, र्याम्प सो, विभिन्न आन्तरीक प्रतियोगात्मक कार्यक्रमहरु पनि रहनेछन् ।
माइती नेपाल, बाल आश्रम, वृद्धा आश्रम नार्कोनन नेपाल जस्ता विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण , सामाजिक सन्जाल नियन्त्रण, मिडिया सम्बन्धी जानकारी, कल्चरल भिजिट, कलेज भिजिट र हस्पिटालिटी सम्बन्धी जानकारी पनि प्रदान गरिने छ ।
स्टेज पर्फमेन्स, क्याटवाक आदि लगायतमा भने रोजिन शाक्यको कोरियोग्राफी रहने छ । यस प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा आगामी असार पहिलो साता नाचघर जमलमा हुनेछ ।
प्रतियोगिताका विजेताहरुले ‘नामि कलेज एसइई प्रिन्सेस २०२२’ को ताजसहित नगद रु १ लाख सहित उच्च शिक्षाका लागि विभिन्न कलेजहरुमा २ लाख बरावरको छात्रावृत्ति साथै अन्य गिफ्ट हयाम्पर पाउने छन् ।
यस प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा आगामी असार पहिलो साता नाचघर जमलमा हुनेछ ।