पोखरा महानगरपालिकामा धनराज आचार्यको अग्रता कायमै

पोखरा महानगरपालिकाको एक लाख चार हजार २१२ मतगणना हुँदा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिइरहेका छन् ।

४१ हजार ७०५ मत ल्याएर अग्रता लिइरहेका आचार्यलाई ३८ हजार ३१० मत ल्याएर एमालेका कृष्ण थापाले पछ्याइरहेका छन् । मेयरका उम्मेदवार राप्रपाका शंकर खरालले ४ हजार ६९० र स्वतन्त्र उममेदवार गनेस पौडेलले २ हजार ६४९ मत पाएका छन् ।

यस्तै, उपमेयरमा एमालेकी मन्जु गुरुङले ४३ हजार ६१६ मत ल्याएर अग्रता लिँदा कांग्रेसकी कोपीला रानाभाटले ४१ हजार ९२० मतसहित पछ्याइरहेकी छन् । राप्रपाकी रन्जना सेनले ४ हजार ६२९ मत पाएकी छन् ।