हालै सार्वजनिक भएको बलात्कार घटनामा संग्लनलाई कारवाही र पीडितलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ ।
आठ बर्षअघि भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी हुँदा होटलमा बोलाएर बलात्कार गरेको र त्यस पछि पनि निरन्तर शोषण गरिएको भन्दै एक युवतीले सामाजिक सञ्चालमार्फत खुलासा गरेपछि प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरुले बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी उजुरी गर्ने हदम्याद हटाउनुपर्ने, दोषीलाई कडा कारवाही गर्नुपर्ने र पीडितलाई न्याय दिनुपर्ने भन्दै नारावाजी गरेका छन् । त्यस्तै उनीहरुले यस बिषयमा छिटो अनुसन्धान सुरु गर्न पनि राज्यको ध्यानाकर्षण गराएका छन् ।
बुधबार टिकटक र इन्स्टाग्रामबाट भिडियोमार्फत पीडित युवतीले आफुमाथि भएको घटनाको खुलासा गरेकि थिईन् ।