विराटनगर महानगरपालिकामा नागेशलाई साढे ६ हजार मतको अग्रता

विराटनगर महानगरपालिका मेयरका उम्मेदवार नागेश कोइराला जितनजिक पुगेका छन् ।

पछिल्लो मत परिणाम अनुसार कोइरालाले २५ हजार ३१२ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सागर कुमार थापाले १८ हजार ८३५ मत पाएका छन् । सागर भन्दा नागेश ६ हजार ४७७ मतले अगाडि छन् । स्वतन्त्र उम्मेदवार उमेश यादवले सात हजार ६६५ मत पाएका छन् । राप्रपा उम्मेदवार प्रह्लाद साहले चार हजार ७२९ मत पाएका छन् ।

विराटनगरमा ८९ हजार ७८९ मत खसेकोमध्ये ७६ हजार मत गणना भइसकेको छ ।