काठमाडौं महानगरका मतगणना भएका प्रत्यक वडामा अग्र स्थानमा बालेन

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १०,८९९ मतका साथ अग्रस्थानमा छन् । साहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका केशव स्थापितले ५,८४१ मत ल्याएका छन् ।

काठमाडौंमा मतगणना गरिएका वाड नम्बर १, २, ३, ४, ५, ६, ३०, ३१ र ३२ सबै वडामा बालेनले सबै भन्दा धेरै मत पाएका छन् । नेकपा एमालेले वडाअध्यक्ष जितेका १,२,३ र ४ वडामा समेत स्थापितलाई पछि पार्दै बालेनले अग्रता बनाएका हुन् ।

अहिलेसम्म वडा नम्बर १ र २ को मतगणना सकिएको छ भने ३, ४, ५, ६, ३१ र ३२ वडाको मत गणना भइरहेको छ।

मतगणना सकिएका वडा नम्बर १ र २ मा बालेनले क्रमश ७८३ र १२२० मत पाएका छन्। यी दुई वडामा स्थापितले ३६५ र ७२८ मत पाएका छन् भने सिंहले ४५१ र ४९७ मत पाएकी छन् ।