विराटनगर महानगरपालिकाको मेयरमा मतान्तर बढाउँदै नागेश

विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता बनाएका छन् । उनले नेकपा एमालेका उम्मेदवार सागर थापासँग २ हजार ३३३ मतको अग्रता लिएका छन् ।

२८ हजार ८९ मत गणना गर्दा कांग्रेस उम्मेदवार कोइरालाले ९ हजार मत पाएका छन् । एमाले उम्मेदवार सागर थापाले ६ हजार ६६७ मत पाएका छन् । राप्रपा उम्मेदवार प्रल्हाद साहले १ हजार ८८८ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार उमेश यादवले २ हजार ८२५ मत पाएका छन् ।

उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले गठबन्धनतर्फबाट जसपाका उम्मेदवार अमरेन्द्र यादवसँग २ हजार ८ सय २ मतले अग्रता बनाएकी छन् ।