काठमाडौंको तारकेश्वर नगरपालिकामा कांग्रेसले जित निकालेको छ । पालिकाको प्रमुख र उपप्रमुख दुवैमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् । तारकेश्वरको प्रमुखमा कांग्रेसका कृष्णहरि महर्जन र उपप्रमुखमा सृजना बुर्लाकोटी विजयी भएका हुन् ।
महर्जनले ११ हजार ९ सय ८८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका रामेश्वर बोहराले सात हजार ८ सय ८ मत ल्याएका थिए।
त्यस्तै, बुर्लाकोटीले पनि १० हजार सात सय ८६ मतसहित एमालेकी भवानी डोटेललाई हराएकी हुन् । डोटेलले आठ हजार ६ मत ल्याएकी थिइन्।
यसअघि २०७४ को निर्वाचनमा तारकेश्वरमा एमालेले जितेको थियो ।