सबैको चासो रहेको भरतपुर महानगरपालिकामा मत गणनाको जारी छ ।
१३ हजार ५ सय ६५ मत गणना हुँदा पछिल्लो विवरण अनुसार भरतपुरमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । उनी ४ हजार ६ सय २५ मतका साथ अग्रस्थानमा छन् । सुवेदीलाई पछ्याइरहेकी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी रेणु दाहालले ४ हजार ५ सय ५२ मत ल्याएकी छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ४० मत ल्याएका छन् ।