लोकतान्त्रिक शक्तिहरुको गठबन्धनलाई समर्थन गर्न अपिल

माओवादी निकट नेपाली जनप्रगतिशील मञ्च अमेरिकाज क्षेत्रका नेतृत्वले आन्दोलनकारी शक्तिहरु एकजुट हुनुपर्ने अपिल गरेका छन् ।

पहिलो निर्वाचनपछि निर्वाचित सरकारका गैर लोकतान्त्रिक तथा भ्रष्टाचारजन्य जनविरोधी गतिविधिका कारण पुरानो सामन्तवादका पक्षधर शक्तिहरुले पुनः संगठित हुने, शक्ति आर्जन गर्ने सपना देख्न थालेकाले यस्तो अवस्थामा जनयुद्ध र जनआन्दोलनकारी शक्तिहरु एकजुट भएर मात्र परिवर्तनलाई संस्थागत र सुदृढ गर्न सकिने अमेरिकाज क्षेत्रका अध्यक्ष केशव नेपाल, सचिव प्रकाश अधिकारी तथा क्यानडाका अध्यक्ष अशोक खड्का र नेपाली जनप्रगतिशील मञ्च अमेरिकाका तिलक केसीले संयुक्त अपील जारी गर्दै विश्वास व्यक्त गरेका छन् ।

अपिलमा भनिएको छ,’स्थानीय तह निर्वाचनको सम्मुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवारसहित लोकतान्त्रिक शक्तिहरूको ५ दलीय गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका सबै उम्मेदवारलाई अमूल्य मत प्रदान गरी नेपालको लोकतान्त्रिक गणतन्त्रलाई सवल र संस्थागत गर्नका लागि योगदान गर्नुहुन हार्दिक अपिल गर्दछौँ ।’