पाँच दलीय गठबन्धनद्वारा निर्वाचन आचारसंहिता उल्लघंन

सत्तारुढ पाँच दलीय गठबन्धनले शुक्रबार काठमाडौंमा सभाको आयोजना गरेका छन् । त्यस सभामा निर्वाचन आचारसंहिता, २०७८ को उल्लघंन भएको छ ।

वैशाख ३० गतेको स्थानीय निर्वाचनलाई लक्षित गरी आज रत्नपार्क र शान्तिवाटिकाको बीच सडकमा पाँच दलले सभाको आयोजना गरेका हुन् ।

सभालाई पाँच दलिय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाका शिर्ष नेताले सम्बोधन गर्दैछन् ।

निर्वाचन आचारसंहितामा सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै पनि किसिमको आमसभा, कोणसभा, भेला गर्नन हुने उल्लेख गरिएको छ । तर पाँच दलीय गठबन्धनले मुल सडक नै अवरुद्ध गरेर सभाको आयोजना गरेका छन् ।

‘सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने,’ निर्वाचन आचारसंहिता, २०७८ को परिच्छेद २ को दफा ४ को ‘झ’ मा स्पष्ट शब्दमा भनिएको छ ।