स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दल र उम्मेदवारहरु स्थानीयको मन जित्न अनेक उपाय अपनाइरहेका छन् । कस्ले बढी मत ल्याउने भन्ने दौडमा उम्मेदवार रमाइरहेका बेलामा मतदाता शिक्षालाई कसैले ध्यानमा राखेको देख्न सकिदैन । उम्मेदवारले केबल फलानो चिह्नमा मतदान गर्नुहोला मात्रै भन्ने गरेका छन् ।
धेरै उम्मेदवार भएकाले मतपत्र ठुलो र धेरै मत चिह्न भएको छ । स्थानीय निर्वाचनमा प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्ष दुई, वडाध्यक्ष र पाँच वडासदस्य गरी सात स्थानमा मतदान गर्नुपर्ने छ । मतदाता शिक्षा नहुँदा धेरै मत बदर हुनसक्ने देखिएको छ । यस्तै, दलीय गठबन्धन र तालमेलका कारण सात स्थानमा मतदान गर्दा मत चिह्न फरक–फरक समेत रहेकाले नागरिकले मतदाता शिक्षाबिनै मतदान गर्नसक्ने अवस्था छैन ।
निर्वाचन आयोगले पनि मतदाता शिक्षालाई प्राथमिकतामा नराखेको आरोप छ । निर्वाचन आयोगले दिएको नमूना मतपत्रअनुसार राजनीतिक दलहरुले आफ्नो चुनाव चिह्नमा स्वस्तिक छाप लगाएर मतदातालाई दिँदै आएका छन् ।