स्थानीय तह निर्वाचन: मतपत्र ढुवानी शुक्रबारसम्म सकिने

निर्वाचन आयोगले शुक्रबारसम्ममा मत्रपत्र ढुवानीको काम सकिने जनाएको छ ।

आयोगको निर्वाचन सञ्चालन तथा व्यवस्थापन शाखाले प्रदेशको १ को मोरङ, मधेस प्रदेशका केही जिल्ला र बाग्मती प्रदेशको चितवनमा मतपत्र ढुवानी गर्न बाँकी रहेको बताएको छ । हालसम्म आयोगले ६५ जिल्लामा मतपत्र ढुवानी गरिसकेको छ ।

निर्वाचनमा कुल मतदाता एक करोड ७७ लाख ३३ हजार ७२३ जना छन् । त्यसमध्ये महिला ८७ लाख ४१ हजार ५३० जना, पुरुष ८९ लाख ९२ हजार १० जना र अन्य १८३ जना छन् ।

स्थानीय तह निर्वाचन अबको ९ दिनमा हुनेछ । आयोगले निर्वाचन सम्पन्न गर्न अन्य आवश्यक काम यसअघि गरिसकेको छ ।