राष्ट्रसंघ प्रमुखको भ्रमणका क्रममा युक्रेनमा भएको रुसी हमलामा परि एक जनाको मृत्यु

युक्रेनले शुक्रबार संयुक्त राष्ट्रसंघका प्रमुखको भ्रमणको क्रममा राजधानी कीभको केन्द्रमा रुसद्वारा गरिएको आक्रमणमा एक व्यक्तिको मृत्यु भएको जनाएको छ ।

हिजो रकेट प्रहार भएको शेभचेन्किभ्स्की जिल्लाको आवासीय भवनको भग्नावशेष खोज्न र हटाउन जारी राखेका उद्धारकर्ताहरूले भर्खरै मात्र आक्रमणमा मारिएका एक व्यक्तिको अवशेष फेला पारेका छन्, कीभका मेयर भिटाली क्लिट्स्कोले सामाजिक सञ्जालमा एक विज्ञप्तिमार्फत जनाएका छन् ।

युक्रेनमा रुसले आक्रमण गरेको दुई महिनाभन्दा बढी भइसकेको छ । यसक्रममा ज्यान गुमाउने र विस्थापीत हुनेको संख्या बढ्दो छ ।